बैशाख ३०, २०७८ बिहिबार

दोस्रो संस्करणको लंका प्रिमियर लिग(एलपिएल)को मिति सार्वजनिक भएको छ। कोरोना महामारीका कारण गत बर्षको सम्पुर्ण खेल दर्शक बिनाको रंगशालामा भएकोमा यस संस्करण पनि दर्शक बिना नै बन्द रंगशालामा हुनेछ। 

यस संस्करण आगामी जुलाई ३० देखि अगस्ट २२ सम्म हुनेछ। यस संस्करणमा नेपालका समेत केही अनुहार देख्न सकिने अनुमान गरिएको छ। 

‘हामीले यस वर्षको संस्करण सुरु गर्न उपयुक्त विन्डो पाएका छौं, जबकि हामी अहिले टुर्नामेन्टका अन्य विवरणहरू अन्तिम रूप दिने कार्यमा छौं,’ श्रीलंका क्रिकेटका व्यवस्थापन समितिका प्रमुख अर्जुन डी सिल्वाले भने, ‘प्रतियोगितामा अन्तिम निर्णय लिनुअघि श्रीलंका क्रिकेटले देशको अवस्थाको मूल्यांकन गर्नेछ। टुर्नामेन्टअघि स्वास्थ्य मन्त्रालयसँग छलफल पनि गर्नेछौँ।’