एजेन्सी
डिफेन्डिङ च्याम्पियन तथा जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सहज जित निकालेको छ ।मंगलबार राति भएको खेलमा बायर्नले इटालियन क्लब लाजियोलाई पराजित गरेको हो। ४-१ गोल अन्तरले पराजित गरेको हो ।
लाजियोको मैदानमा बायर्नले ४-१ को जित हासिल गरेको हो। उसलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, जमल मुसिआला र लोरी सानेले समान एक एक गोल गरे।बायर्नले एक आत्मघाती गोलको उपहार पाएको थियो ।
सर्वाधिक गोलकर्तामा लेभान्डोस्की सुचिकृत
९ औ मिनेटमा लाजियो विरुद्ध गोल गर्दै लेभान्डोस्कीले च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा तेस्रो स्थानमा उक्लिएका छन्।च्याम्पियन्स लिगमा उनको यो ७२ औं गोल हो ।
गए रातीको जितसॅंगै बायर्नले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। लाजियोलाई क्वाटरफाइनल पुग्न भने अर्को खेलमा फरकिलो जित आवश्यक रहेको छ। यि टोलीहरु बिचको दोस्रो लेग मार्च १७ मा बायर्नको मैदानमा हुनेछ ।