बैशाख ३०, २०७८ बिहिबार

काठमाडौ । दुई विदेशी नागरीको सगरमाथा आरोहणका क्रममा मृत्यु भएको छ । बुधबार बिहान उनीहरूको मृत्यु भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।

उनका अनुसार स्विजरल्यान्डका आरोही अब्दुल वारिच आरोहण सकेर फर्कने क्रममा सेभेन समिटमा आइपुगेर बसेकै अवस्थामा मृत्यु भएको हो ।

यस्तै शिखरतर्फ जाँदै गरेका अमेरिकन नागरिक पुवई लिउको चौथो क्याम्पमा मृत्यु भएको निर्देशक आचार्यले जानकारी दिइन् । उनीहरूको स्वास्थ्य अवस्था कमजोर भएका कारण मृत्यु भएको बताइएको छ । रासस