काठमाण्डौ। अगस्ट २८ बाट सेन्ट किट्स एण्ड नेभिसमा आयोजना हुने यस संस्करणको क्यारेवियन प्रिमियर लिग(सिपिएल)को पुर्व विजेता टोली बार्बाडोस ट्राईडेन्सले कप्तान जेसन होल्डर सहित ९ खेलाडी रिटेन गरेको छ ।
बार्बाडोस नेपाली सन्दिप लामिछानेको पुर्व फ्रेन्चाईजि टोली पनि हो ।
रिटेन भएका खेलाडीहरु यसप्रकार रहेका छन्:
१)जेसन होल्डर
२)जोनसन चाल्स
३)साइ होप
४)काली मेयर्स
५)हेल्डन्स वाल्स जुनियर
६)रायमन रिफर
७)जस्टिन ग्रेभिस
८)नेयिम योगं
९)जोसुन विश्वप
नेपाली लेगस्पिनर सन्दिप लामिछाने भने गत संस्करण जमैका तालाबाजमा अनुबन्धित भएकाले सोहि टोलीको रिटेन सुचीमा अटाउने अनुमान लगाउन सकिन्छ। यसको जानकारी पनि केही दिन भित्र नै आउने छ ।