बैशाख ३०, २०७८ बिहिबार

कोरोना संक्रमितहरू उपर अक्सिजन नियमनको नाममा सरकारले नागरिकहरूको हत्या गरिरहेको मानवअधिकार संजालले आरोप लगाएको छ ।

संजालका संयोजक ईन्द्र प्रसाद अर्यालले एक प्रेस वक्तव्य जारी गर्दै सत्ताको खिचातानी छोडेर तुरुन्त अक्सिजन उपलब्ध गराउन र नागरिकको जीवनरक्षा गर्नका लागि सरोकारवालाहरुसँग अपिल गरेका छन् ।

यस्तो मानबता बिरोधि जघन्य अपराध गर्ने दोषिलाई कार्वाही गर्न माग गरेका छन् । साथै उनले सत्ताको खिचातानि छोडेर तुरून्त अक्सिजन उपलब्ध गराउन र नागरिकको जिवन रक्षा गर्नका लागि समेत दलहरुलाई आग्रह गरेका छन् ।