फागुन ९, २०७९ मंगलबार

९ फागुन काठमाडौँ।  सेयर बजार मंगलबार बन्द हुने भएको छ । ग्याल्पो ल्होछारको अवसरमा सरकारले आज मंगलबार सार्वजनिक बिदा दिएकोले नेप्से पनि बन्द हुने भएको हो ।

सोमबार नेप्से सूचक २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा पुगेको छ ।  अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।