बैशाख ३०, २०७८ बिहिबार

एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूइएफए च्याम्पियन्स लिगको फाइनल खेल पोर्चुगलको पोर्टोमा हुने भएको छ । युरोपेली फुटबल सङ्घ युइएफएले इंग्लिस क्लबद्वय म्यानचेस्टर सिटी र चेल्सीको भिडन्त पोर्टोको स्टेडियो डो ड्रागाओमा हुने भएको छ ।

बुधबार बसेको युइएफएको बैठकले पोर्टो आयोजनास्थल पक्का गरेको बताएको छ । तथापि, आधिकारिक घोषणा भने हुन बाँकी रहेको जनाइएको छ । उक्त ५० हजार दर्शक क्षमता रहेको स्टेडियम फाइनल गरिए पनि चेल्सी र म्यानचेस्टर सिटीले ६ हजारसम्म टिकट पाउनेछन् ।

यस सिजनको च्याम्पियन्स लिगको उपाधिका लागि चेल्सी र सिटीले २९ मेमा प्रतिस्पर्धा गर्दै छन् । यसअघि इस्तानबुलमा हुने तय भएको उक्त खेलको आयोजनास्थल कोरोना भाइरस महामारीका कारण परिवर्तन भएको हो ।