फागुन १०, २०७९ बुधबार

आत्मनिर्भर लघुवित्त वित्तिय संस्था लिमिटेडले पहिलो चरणमा बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरिएको छ । उक्त आईपीओ हिजो फागुन ८ गते बाँडफाँड गरिएको हो । 

संस्थाले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको २ लाख ३ हजार ३८० कित्ता सेयरको १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई माघ १६ गतेदेखि निष्कासन गरिएको थियो ।

रितपुर्वक आवेदन दिने २०३३ जना आवेदकलाई समान १० कित्ताका दरले २० हजार ३३० कित्ता सेयर बाँडफाँड गरिएको छ भने २० कित्ताभन्दा बढि आवेदन दिने आवेदकहरु मध्यबाट थप ८ कित्ता सेयर वितरण गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीकाे आईपीओकाे हेर्न सिडीएसले आईपीओकाे नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट iporesult.cdsc.com.np, बिक्री प्रबन्धक सनराईज क्यापिटल लिमिटेडकाे वेबसाइटबाट सकिन्छ ।