बैशाख ३१, २०७८ शुक्रबार

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविकको विजेता रियल मड्रिडले फराकिलो जित निकालेको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा घरेलु टोली ग्रानडामाथि पाहुना टोली रियलले ४-१ गोलको शानदनर जित निकालेको हो । 

रियलको जितमा लुका मोड्रिच, रोड्रिगो गोएस, अल्भारो ओड्रिओजोला र करिम बेन्जेमाले समान १/१गोल गरे । घरेलु टोलीका जर्ग मोलिनाले एक गोल फर्काए । 

खेलको १६औं मिनेट मोड्रिचको गोलबाट १-० गोलको अग्रता बनाएको रियलले पहिलो हाफको अतिरिक्त समयमा रोड्रिगोले गोल गर्दै पहिलो हाफभरि २-० गोलको अग्रता दिलाए ।

त्यस्तै दोस्रो हाफको खेलको ७१औं मिनेटमा घरेलु टोलीका लागि मोलिनाले गोल गरि खेलमा फर्काउन प्रयास गरे । उक्त गोल गरेको ५ मिनेट बित्न नपाउदै रियलका ओड्रिओजोलाले गोल गरि ३-१ गोलको अग्रता दिलाए , र त्यसको १ मिनेट पछि करिम बेन्जेमाले गोल गर्दै ४-१ गोलको सहज जित दिलाए ।

उक्त जित सँगै रियलले बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । ३६ खेलबाट ७८ अंक बनाएको रियल दोस्रो स्थानमा छ , भने समान खेलबाट एथ्लेटिको ८० अंकसहित शीर्ष स्थान र समान खेलबाट ७६ अंक रहेको बार्सिलोना तेस्रो स्थानमा झरेको छ । भने यता पराजित ग्रानडाको समान ३६ खेलबाट ४५ अंकसहित १०औं स्थानमा रहेको छ ।