बैशाख ३१, २०७८ शुक्रबार

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल म्यान्चेस्टर युनाइटेड घरेलु मैदानमै पाहुना टोली लिभरपुल सँग फराकिलो गोल अन्तरले पराजित भएको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा लिभरपुलले घरेलु टोली युनाइटेडलाई ४-२ गोल अन्तरले स्तब्ध पारेको हो । 

लिभरपुलको जितमा रोवर्टो फिर्मिनोले २, डिएगो जोटा र मोहमम्द सलाहले समान १/१ गोल गरे यता घरेलु टोली युनाइटेडका ब्रुनो फर्नान्डेस र मार्कुस रासफोर्डले समान १/१ गोल गरे । 

खेलमा सुरुवाती अग्रता भने घरेलु टोलि युनाइटेडले बनाएको थियो। उसका लागि जारी खेलको १०औं मिनेटमा ब्रुनोले गोल गरेका थिए । तर त्यसपछि भने लिभरपुलले लगातार गोल गर्दै फराकिलो जित निकालेको हो ।

उक्त जित सँग लिभरपुलले ३६ खेलबाट ६० अंक बनाउँदै पाँचौं स्थानमा उक्लिएको छ । आगामी सिजन च्याम्पियन्स लिग छनोटको लागि संघर्ष गरिरहेको लिभरपुलले यस खेलको जितले केही राहत भने पुगेको छ । यधपी ऊ भन्दा पछपको वेष्ट ह्याम युनाइटेडले भने ३५ खेलबाट ५८ अंक रहेको छ । आज हुने खेलमा ऊ विजयी भएको खण्ड लिभरपुल छैटौं स्थानमा झर्नेछ । यता पराजित युनाइटेडको भने समान ३६ खेलबाट ७० अंकसहित दोस्रो स्थानमा यथावत् रहेको छ ।