गरिमा विकास बैंक लिमिटेडले आफ्ना संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना सेयरधनीहरुको नाममा रहेको ८ लाख ४९ हजार १९६।७७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज ९फागुन १७ गते० बाट ३५ दिन भित्र यस विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।