फागुन १७, २०७९ बुधबार

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले १७ औँ वार्षिक साधारणसभा बोलाएको छ। एसोसिएसनको कार्य समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ३ गते दिउँसो १ बजेबाट चितवन नेसनल पार्कस्थित होटेल मेघौलीसराई, ताज सफारीमा वार्षिक साधारणसभा आयोजना गर्ने भएको हो। 

सभाले आगामी २ वर्ष कार्यकालका लागि नयाँ कार्यसमितिका पदाधिकारी चयन गर्नेछ।  सभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। चालु आर्थिक वर्ष २०७९/८०का लागि लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने र अनुमानित आयरव्याय पारित गर्नेछ।