जेठ १, २०७८ शनिबार

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल जारी सिजनको लिग च्याम्पियन म्यान्चेस्टर सिटीले न्युकास युनाइटेडमाथि रोमाञ्च जित निकालेको छ ।

शनिबार बिहान सम्पन्न खेलमा घरेलु टोली न्युकासलमाथि ४-३ गोलको पुनरागमन जित निकालेको हो ।

पाहुना टोली सिटीको जितमा युवा फरवार्ड फेरेन टोरेसले ह्याट्रिक पूरा गरे भने यता डिफेन्स जोआ कान्सेलोले एक गोल थप । यता घरेलु टोलीको लागि इमिल क्राफ्थ,जोलिन्ट र जोसेप विललकले समान १/१ गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने न्युकासले बनाएको थियो । उसका लागि जारी खेलको २४औं मिनेटमा इमिल क्राफ्थले गोल गरेका थिए । त्यस्तै खेलको ३८औं मिनेटमा सिटीका कान्सेलोले गोल गरि १-१ गोलको बराबरी अबस्थामा फर्काए । 

यस्तै खेलको ४१औं मिनेट सिटीले टोरेसको गोलमा २-१ गोलको अग्रता बनायो । र पहिलो हाफको अतिरिक्त समयमा न्युकासलका जोलिन्टले गोल गरि पहिलो हाफ २-२ गोलको बराबरी अबस्थामा ल्याए ।

त्यसपछि दोस्रो हाफमा सिटीले २ गोल गर्दा न्युकासलले भने १ गोल मात्रै गर्न सक्यो र खेल म्यान्चेस्टरमा सिटी ४-३ गोल अन्तरले विजयी भयो । 

उक्त जित सँगै सिटीले जितसँगै सिटीले ३६ खेलबाट ८३ अंक जोडेको छ । यस अघि नै च्याम्पियन बनिसकेको सिटी शीर्ष स्थानमा रहेको छ ।यता पराजित न्युकासल ३९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।