फाइनल खेल अघि धनगढीका कप्तान किरण चेम्जोङ र काठमाडौंका कप्तान विकेशक कुथु/ फोटो - एनएसएल
काठमाडौं । पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा उपाधिका लागि दुई ठुला टोली धनगढी एफसी र काठमाडौ रेजर्सबीच रोमाञ्चक भिडन्त हुदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साझा ५:३० बजेबाट सुरु हुने सो खेलमा दुवै टोली एक अर्को विरुद्ध जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पार्ने योजनामा रहेका छन् ।
राष्ट्रिय फुटबल टोलीका कप्तान तथा नम्बर वान गोलरक्षक किरण चेम्जोङको कप्तानीमा रहेको धनगढी पहिलो संस्करणको सुपर लिगमै च्याम्पियन बन्ने दाउमा रहेको छ ।
त्यस्तै यता राष्ट्रिय टोलीका दोस्रो रोजाइका गोलरक्षक तथा त्रिभुवन आर्मी फुटबल क्लबका नम्बर वान गोलरक्षक विकेश कुथुले काठमाडौं रेजर्सको कप्तानी गरेका छन् ।
यी दुई टोलीबीच जारी एनएसएलमा २ पटक एक अर्को विरुद्ध खेलेका थिए । जसमा दुवै पटक धनगढीले बाजी मारेको थियो । समूह चरणमा ३-० गोल अन्तर र प्ले अफमा अतिरिक्त समयमा २-१ गोलको जित निकाल्दै फाइनल प्रवेश गरेको धनगढी उहीँ लय दोहोर्याउन चाहान्छ । तर काठमाडौं २ पटक हारको चोट भुलाउदै फाइनल खेलमा बदला लिदै उपाधि जित्ने योजनमा रहेको हो ।
यस प्रतियोगिताको विजेताले नगद ३५ लाख प्राप्त गर्नेछन् । भने उपविजेता १५ लाख प्राप्त गर्नेछन् । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोग संचालन भएको थियोे ।
पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।