फागुन १२, २०७७ बुधबार

काठमाडौं ः डेमोक्रेटिक लयर्स एसोसियसनले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसला सत्यको विजय भएको बताएको छ ।

डिएलए महासचिव लक्ष्मीदेवी दाहाल रावलले विज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसलाले कसैको जित वा हार भन्दा पनि न्याय,विवेक र सत्यको विजय भएको बताएकी छन् ।

पुस ६ गते नै डिएलएले प्रतिनिधिसभा विघटनको कदम असंवेधानिक भनदै विज्ञप्ति जारी गरेको पनि दाहालको विज्ञप्तिमा स्मरण गरिएको छ ।

सर्वोच्च अदालतको फैसलाले गलत दिशामा मोडिएको संविधान र राजनीतिलाई सही बाटोमा ल्याइएको महासचिव दाहालको विज्ञप्तिमा जनाइएको छ ।