जेठ १, २०७८ शनिबार

फोटो - काठमाडौं रेजर्स फेस्बुक पेज

काठमाडौं । पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) को उपाधिका लागि अहिले काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा भईरहेको छ । जसमा पहिलो हाफमा काठमाडौं रेजर्सले १-० गोलको अग्रता बनाएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो हाफ सकिदा काठमाडौंले १-० को अग्रता बनाएको छ ।

खेलको २१ औं मिनेटमा मेसौके ओलोमोउले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका हुन् । विश्वास श्रेष्ठले धनगढीका मिडफिल्डर विशाल राईबाट बल खोस्दै अगाडी बढाएर उपलब्ध गराएको बलमा मेसौकेले उत्कृष्ट गोल गरे ।

राष्ट्रिय फुटबल टोलीका कप्तान तथा नम्बर वान गोलरक्षक किरण चेम्जोङको कप्तानीमा रहेको धनगढी पहिलो संस्करणको सुपर लिगमै च्याम्पियन बन्ने दाउमा रहेको छ ।

त्यस्तै यता राष्ट्रिय टोलीका दोस्रो रोजाइका गोलरक्षक तथा त्रिभुवन आर्मी फुटबल क्लबका गोलरक्षक बिकेश कुथुले काठमाडौं रेजर्सको कप्तानी गरेका छन् ।

यी दुई टोलीबीच जारी एनएसएलमा २ पटक एक अर्को विरुद्ध खेलेका थिए । जसमा दुवै पटक धनगढीले बाजी मारेको थियो । समूह चरणमा ३-० गोल अन्तर र प्ले अफमा अतिरिक्त समयमा २-१ गोलको जित निकाल्दै फाइनल प्रवेश गरेको धनगढी उहीँ लय दोहोर्‍याउन चाहान्छ । तर काठमाडौं २ पटक पराजितको भएको चोट भुलाउदै फाइनल खेलमा बदला लिदै उपाधि जित्ने योजनमा रहेको हो ।

यस प्रतियोगिताको विजेताले नगद ३५ लाख प्राप्त गर्नेछन् । भने उपविजेता १५ लाख प्राप्त गर्नेछन् । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोग रहेको छ । 

पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।