जेठ १, २०७८ शनिबार

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लबद्वय चेल्सी र लेष्टर सिटी इङ्ग्ल्यान्डको नकआउट फुटबल प्रतियोगिता एफए कपमा उपाधिका लागि आज राति भिड्दैछन् । 

नेपाली समयअनुसार आज रति दुई टोलीबीचको उपाधि भिडन्त १० बाट बजे सुरु हुनेछ । वेम्बली स्टेडियममा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । जसमा चेल्सीको लक्ष्य नवौं पटक उपाधि जित्ने लक्ष्यमा हुनेछ । भने लेष्टर पहिलो पटक उपाधि जित्ने योजनासहित मैदान उत्रदैछ ।