जेठ १, २०७८ शनिबार

पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी सिटि फुटबल क्लबलाई १-० ले पराजित गर्दै काठमाण्डौ रेजर्स बिजेता बन्दा ललितपुर सिटी एफसीका मार्की खेलाडी तथा कप्तान अन्जन विष्ट उत्कृष्ट फरवार्ड चुनिदा च्याम्पियन टोली काठमाडौं रेजर्स एफसीका मेसौके ओलोमोउ उत्कृष्ट मिडफिल्डर चुनिए ।

प्रतियोगिताको उप बिजेता बन्न सफल धनगढीका दिनेश राजवंशी उत्कृष्ट डिफेन्डर र सोही टोली कप्तान किरण चेम्जोङ उत्कृष्ट गोलकिपर चुनिए भने उत्कृष्ट प्रशिक्षक भने च्याम्पियन टोली काठमाडौंका बाल गोपाल महर्जन चुनिए ।

प्रतियोगिताको इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट काठमाडौंका विश्वास श्रेष्ठ चुनिए ।

फेयर प्ले टिमको अवार्ड बुटवल लुम्बिनी एफसीले हात पार्यो ।