जेठ २, २०७८ आइतबार

एजेन्सी । चेल्सीलाई पराजित गदैं लेष्टर सिटीले इङ्ग्ल्यान्डको नकआउट फुटबल प्रतियोगिता एफए कपको उपाधि जितेको छ ।

शनिबार राति वेम्बली स्टेडियममा सम्पन्र खेलमा लेष्टरले लण्डन क्लब चेल्सीमाथि १-० गोलको कठिन जित निकालेको हो । निकै प्रतिस्प्रधात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको खेलको ६४औं मिनेटमा लेष्टरका युरीटिलेमान्सले गोल गरी सिटीलाई उपाधि दिलाए । 

उक्त जित सँगै लेष्टरले क्लब इतिकासमै पहिलो पटक एफए कपको उपाधि जित्न सफल भएको छ । यता चेल्सीको भने नवौं पटक उपाधि जित्ने लक्ष्यमा पुर्णविराम लागेको हो  ।