फागुन २६, २०७९ शुक्रबार

काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षिक (डीआईजी)प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन्।

वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजीमा बढुवा सिफारिस भएका हुन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।