काठमाण्डौ। चीनमा हुने तय भएको २१ औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप फिलिपिन्समा हुने भएको छ ।
नेपालले समेत सहभागीता जनाउने सो प्रतियोगिताको खेल स्थल परिवर्तन भएको हो। अब सो प्रतियोगिता आगामी अगष्ट २१ बाट सेप्टेम्बर २१ सम्म फिलिपिन्समा हुने भएको छ।
फिलिपिन्सले यस अघि यस प्रतियोगिताको २ संस्करणको सफलतापुर्वक आयोजना गरिसकेको छ।
यस्तै, पुरुषतर्फको सिनियर भलिबल च्याम्पियनसिप भने जापानले आयोजना गर्ने भएको छ ।