जेठ ३, २०७८ सोमबार

एजेन्सी । स्पेनिस ला लिग फुटबलमा बार्सिलोनाको उपाधि सम्भावना सकिएको छ । आइतबार राति घरेलु मैदान क्याप नोउमा सेल्टाभिगोसँग २–१ गोलले पराजित भएसँगै बार्सिलोनाको उपाधि सम्भावना समाप्त भएको हो ।

खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो । खेलको २८औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गरेका थिए । त्यस्तै खेलको ३८औं मिनेटमा सान्ती मिनाले गोल गर्दै पाहुना टोलीलाई खेलम फर्काए र पहिला हाफ ११ गोलको बराबरी अबस्थामा पुर्याए। 

त्यसपछि खेलको ८३औं मिनेटमा क्लिमेन्ट लेङ्गलेटले रातो कार्ड पाएपछि घरेलु टोली बार्सिलोना १० खेलाडीमा सीमित बनेको थियो ।

उक्त १० खेलाडीमा समेटिएको घरेलु टोली बार्सिलोनामाथि फइदा उठाउँदै पाहुना टोली सेल्टाभिगोले खेल सकिन एक मिनेट बाँकी रहेको अवस्थामा मिनाले दोस्रो गोल गर्दै सेल्टालाई २१ गोलको जित दिलाए । 

उक्त पराजयसँगै ३७ खेलबाट ७६ अङ्क जोडेको बार्सिलोना तेस्रो स्थानमा सीमित बनेको छ । उपाधि होडमा एथ्लेटिको मड्रिड र रियल मड्रिडको प्रतिस्पर्धा भइरहेको छ । स्मरण रहोस्, रियलभन्दा २ अङ्कले अगाडि भएका कारण एथ्लेटिकोको उपाधि सम्भावना बलियो । रियलसँग ८१ अङ्क छ भने एथ्लेटिकोसँग ८३ अङ्क छ । यता विजयी टोली सेल्टाभिगोको समान ३७ खेलबाट ५३ अंकसहित ८ औं स्थानमा रहेको छ ।