जेठ ४, २०७८ मंगलबार

काठमाण्डौ।   क्यारेवियन प्रिमियर लिग(सिपिएल) २०२१ का लागि सेन्ट लुसिया जुक्सलेले आफ्ना ७ खेलाडीलाई रिटेन गरेको छ। सुरुवात देखि कप्तानका रुपमा टिममा रहेका तथा क्यारेवियन टोलीका पुर्व कप्तान डारेन सामी भने रिटेन सुचीमा रहेका छैनन्। सेन्ट लुसिया जुक्सले मोहम्मद नाबि लगायतका खेलाडीलाई टिमबाट रिलिज गरेको छ। रिटेन खेलाडीको सुची भने यसप्रकारको रहेको छ :

१)आन्द्रे फ्लेचर

२)केजरिक विलियम्स

३)ओवेड मकोई

४)रकिम कर्नवेल

५)मार्क डियल

६)रोस्टन चेज

७)जाभियल ग्लेन

नेपाली लेगस्पिनर सन्दिप लामिछाने भने गत संस्करण जमैका तालाबाजमा अनुबन्धित भएकाले सोहि टोलीको रिटेन सुचीमा अटाउने अनुमान लगाउन सकिन्छ। यसको जानकारी पनि केही दिन भित्र नै आउने छ ।

यो पटकको सीपीएल २८ अगस्टदेखि सुरू हुनेछ । सीपीएल २०२१ को संस्करणको आयोजना सेन्ट किट्स नेभिसले गर्नेछ । सेन्ट किट्समा कोरोना संक्रमण दर कम रहेकोछ ।