फागुन १२, २०७७ बुधबार


काठमाडौं।
नागरिक अभियन्ता एवं लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवनको अब अन्त्य भएको दाबी गरेका छन्।

बुधबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै साहित्यकार संग्रौलाले कथाका पात्र कालिदासले झैं हाँगाको टुप्पोमा आफू बसेर फेद काट्नेजस्तो मूर्खता प्रधानमन्त्री ओलीले गरेको टिप्पणी गरेका हुन्।

‘कथाको मूर्ख कालिदास हाँगाका टुप्पामा बसेर फेद काट्दा धुलामा नाक जोतिएर चिलिम भाथ्यो,’ संग्रौलाले लेखेका छन्, ‘कालिदासको दुर्नियतिबाट केही नसिकी टुप्पामा बसेर फेद काट्दा अखण्ड बदनामी कमाएर सनकवीर खड्गप्रसाद शर्मा ओलीको राजनीतिक जीवन सदाका लागि स्वर्गे भयो। यो हो, भुइँफुट्टाको अवश्यम्भावी नियति १’