काठमाडौं । कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर बैङ्क तथा वित्तीय संस्थाहरूले ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको अतिरिक्त शुल्क लिन नपाउने भएका छन्। आर्थिक वर्ष २०७७र७८ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैङ्कले त्यस्तो जनाएको हो ।
त्यस्तै कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैङ्क तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी वा लिलामी सम्बन्धी सूचना जारी गर्न नपाउने भएका छन् ।
निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा व्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैङ्क तथा वित्तीय संस्थाहरूलाई प्रोत्साहित गरिने राष्ट्र बैङ्कले गर्ने जनाएको छ ।