एजेन्सी । फ्रान्सेली फरवार्ड करिम बेन्जेमा लामो समय पछि टोलीमा फकिएका छन् । उनले सन् २०१५ यता राष्ट्रिय टोलीबाट खेल्ने मौका पाएका थिएनन् । २०१५ अगस्टमा अर्मेनियाविरुद्ध मैत्रीपूर्ण खेल खेलेपछि उनी राष्ट्रिय टोलीबाट खेल्ने मौका पाएका छैनन् ।
तर अहिले उनी ६ वर्षपछि पहिलो पटक फ्रान्सको राष्ट्रिय फुटबल टोलीको जर्सीमा फर्किने भएका छन् । फ्रान्सले रियल मड्रिडका स्टार बेन्जेमालाई युरो कपका लागि टोलीमा बोलाउने भएको छ । २००७ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका बेन्जेमाले ८१ खेल खेल्दै २७ गोल गरेका छन् । 
‘इएसपिएन’का अनुसार डिडिएर डेसच्याम्पले ३३ वर्षीय बेन्जेमालाई टोलीमा बोलाउन लागेका हुन् । युरो कपमा फ्रान्स समूह ‘एफ’मा छ । ११ जुनदेखि ११ जुलाईसम्म आयोजना हुने यस पटकको युरो कप युरोपका विभिन्न ११ सहरमा हुँदैछ ।
यस्तो हुनेछ फ्रान्सको टोली 