वेस्ट ईन्डिजले यस बर्षको समर सिजनमा आयोजना हुने ३ देशसॅंगको छुट्टाछुट्टै टिट्वान्टी अन्तराष्ट्रिय शृखंलाका लागि सुरुवाती १८ सदस्यीय टिमको घोषणा भएको छ।
कायरन पोर्लाड कप्तान तथा निकोलस पुरन उपकप्तान रहेको टोलीमा शेल्डन कट्रेल,शिमरन हिटमायर,आन्द्रे रसेल,ओसन थोमस तथा हाईडेन वाल्स जुनियरको पुनरागमन हुदा श्रीलंका विरुद्घको शृखंला २-१ ले जित्दाका अधिकाशं खेलाडीलाई टिममा सामेल गरिएको छ।
वेस्ट ईन्डिजले अगस्ट अन्तिम सम्ममा पाकीस्तान,दक्षिण अफ्रिका तथा अस्ट्रेलियसॅंग समान ५/५खेलको टिट्वान्टि शृखंला खेल्दै छ
आज घोषित टोली यसप्रकार रहेको छ:
