इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टाइनी चरमपन्थीविरूद्ध इजरायली अभियान जारी राख्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
आफ्ना नागरिक तथा शान्ति स्थापनाका लागि जरूरी भएसम्म हवाइ हमला जारी राख्ने नेतन्याहुले बताएका छन् ।
नेतन्याहुले यस पटक हमासलाई कडा झट्का पुगेको पनि दाबी गरेका छन् । हमासलाई वर्षौ पछाडि धकेलिदिएको पनि नेतन्याहुको दाबी छ ।