फागुन १२, २०७७ बुधबार


एजेन्सी
च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ का लागी स्पेनिस क्लब रियल मड्रिडले इटालिएन क्लब एटलान्टासँग खेल्दै छ । एट्लान्टाको घरेलु मैदानमा नेपाली समयानुसार राती १ बजेर ४५ मिनेटमा सो खेल हुदैछ । 

च्याम्पियन्स लिगको सर्वाधिक सफल टोलीका रुपमा रहेको रियल आजको खेल जितेर क्वाटरफाईनलको सम्भाबना बढाउन चाहान्छ ।तर रियललाई यस सिजन खेलाडी घाईते हुने समस्याले ग्रसित रहदा यसस सिजनका लागि टिमका सर्वाधिक गोलकर्ता बेन्जिमा चोटको कारण इटाली भ्रमणमा छैनन् ।यस्तै इडेन हाजार्ड, सर्जियो रामोस, डानी कार्भाजल र मार्सेलोले समेत एट्लान्टाविरुद्धको खेल गुमाउने छन् ।