जेठ ५, २०७८ बुधबार

एजेनसी । इंग्लिस प्रिमियर लिग फुटबलमा जारी सिजनको लिग बिजेता म्यान्चेस्टर सिटी पराजित भएको छ । मंगलबार राती भएको खेलमा १० खेलाडीमा सिमित बनेको पाहुना टोली सिटी घरेलु टोली ब्राइटनसँग ३-२ गोलले पराजित भएको हो । 

घरेलु टोेली ब्राइटनको जितमा लियान्द्रो टेससार्ट, इडाम वेवस्टेर र ड्रयानियल बर्नले समान १/१ गोल गरे ।  यता पाहुना टोली सिटीका लागि इल्केए गुन्डोगान र फिल फोडेनले १/१ गोेल गरे । खेलमा पाहुना टोली सिटीले सुरुवाती अग्रता बनाएको थियो ।  उसको लागि खेलको जारी खेलको दोस्रो मिनेटमै गुन्डोगानले गोल गरि १-० गोलको अग्रता दिलाए तर खेलको १०औं मिनेटमा सिटीका डिफेन्डर जोओ क्यान्सिलोले ड्रयान वेलब्याकमाथि पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै क्यान्सिलोलाई सिधै रातो कार्ड दिदै मैदान बाहिर पठाए र सिटी  १० खेलाडीमा  समेटियो । 

गुन्डोगानको गोलबाट पहिलो हाफभरि १-० गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफको खेलको दोसो मिनेटमा फोडेनको  गोलबाट  पुन २-० गोलको अग्रता बनायो । तर उक्त अग्रता सिटीले  धेरै बेर भने टिकाउन सकेन र  लगातार ३ गोल खादै खेलमा पराजित हुन पुग्यो । 

उक्त हार सँगै यस अघि नै लिग बिजेता बनेको सिटीको ३७ खेलबाट ८३ अंक रहेको छ । यता विजयी टोली ब्राइटनको भने समान ३७ खेलबाट ४१ अंकसहित १५औं स्थानमा रहेको छ ।