एजेन्सी । फ्रेन्च कप नकआउट फुटबल प्रतियोगितामा उपाधिका लागि आज पेरिस सेन्ट जर्मेन पिएसजी र मोनाकोबीच रोमाञ्चक भिडन्त हुदैछ ।
नेपाली समयअनुसार आज राति १ बजे सुरु हुने उक्त खेल स्टेड डे फ्रान्स स्टेडियममा हुनेछ ।
यस खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । यसअघि पिएसजीले सेमिफाइनलमा मोन्टपेलियरलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । त्यस्तै यता मोनाकोले भने दोस्रो डिभिजनको क्लब रुम्ली भालियर्सलाई गर्दै उपाधि नजिक पुगेको हो ।
हालसम्म पिएसजी फ्रेन्च कपको उपाधि सर्वाधिक १३ पटक उपाधि जितेको छ । मोनाकोले भने ५ पटक उपाधि जितेको छ ।