जेठ ५, २०७८ बुधबार

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली आगामी जेठ ११ गते इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्नका लागि त्यसतर्फ जाने भएको छ । बुधबार अखिल नेपाल फुटबल सङ्घ एन्फाले नेपाली टोली आगामी मङ्गलबार कतार एयरलाइन्समार्फत त्यसतर्फ जानको जानकारी दिएको हो ।

त्यस्तै टोली जुन ५ मा स्वदेश फर्किने एन्फाले जनाएको छ । नेपाली फुटबल टिमले मे २९ मा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ । यस्तै, ३ जुनमा नेपालले विश्वकप छनोटअन्तर्गत चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ । त्यसैगरी, ७ जुनमा जोर्डनसँग खेल्नेछ भने ११ जुनमा अस्ट्रेलियाको सामना गर्नेछ ।

मङ्गलबार नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अल–मुताइरीले इराकसँगको मैत्रीपूर्ण खेल तथा फिफा विश्वकप छनोटको खेलका लागि २३ सदस्यी टोलीको घोषणा गरेका थिए ।

टोलीमा अल–मुताइरीले ठूलो परिवर्तन गरेका छन् । उनले भरत खवास, रञ्जीत धिमाल, अमित तामाङ, सेसेहाङ आङ्देम्बे, रिवशङ्कर पासवान, निशान खड्का, विवेक बस्नेत, नीतिन थापा र दर्शन गुरुङलाई टोलीबाट बाहिर राखेका छन् ।

नेपाली टिमः

गोलरक्षक – किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार

डिफेन्डर – अनन्त तामाङ, रजिन धिमाल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकास खवास

मिडफिल्डर – एरिक विष्ट, विशाल राई, मनीष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड– अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा