जेठ ६, २०७८ बिहिबार

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविको विजेता लिभरपुलले आफ्नो ३७औं साताका खेलमा सहज जित निकालेको छ । बिहिवार बिहान भएको खेलमा घरेलु टोली बर्नलीमाथि ३-० गोलको सहज जित निकालेको हो ।

पाहुना टोली लिभरपुलको जितमा रोबर्टो फिर्मिनो , नाथानिल फिलिप्स र एजेक्स अक्सलेड चेम्वरलेनले समान १/१ गोल गरे । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । उसका लागि पहिलो हाफको खेलको ४३औं मिनेटमा फिर्मिनोले गोल गरी पहिलो हाफभरि १-० गोलको अग्रता दिलाए । त्यस्तै दोस्रो हाफको खेलको ५२औ मिनेटमा फिलिप्सले र ८८औं मिनेटमा एजेक्सले गोल गरि लिभरपुको ३-० गोलको जित पक्का गरे  । 

उक्त जित सँगै लिभरपुल चौथौ स्थानमा उक्लिएको जारी सिजन खराब अवस्थामा गुज्रिएको लिभरपुल आगमी सिजन च्याम्पियन्स लिग छनोट हुन सम्भनवना जिवितै राखेको छ । उसको ३७ खेलबाट ६६ अक रहेको छ । पाँचौं स्थानको लेष्टर लिटीको पनि समान अंक भए पनि गोल अन्तरको आधारमा लिभरपुल अघि रहेको छ ।  प्रिमियर लिगको उपाधि भने म्यान्चेस्टर सिटीले यसअघि नै जितिसकेको छ ।