जेठ ६, २०७८ बिहिबार

सागर अधिकारी / काठमाण्डौ
हरेकको सफलताको पछाडी संघर्षको स्थान स्मरणिय रहन्छ। जब सघर्ष सफतलामा बदलिन्छ अनि पाईन्छ जीवनको वास्तविक रुप

मोजाको बलले गाउॅंका बारीको पाटोमा भलिबलको अभ्यास गर्ने देखि अन्तराष्ट्रिय भलिबल कोर्टसम्मको यात्रा पार गर्ने र भलिबल नै आफ्नो जीवन मानेर लाग्नेको कमी छैन ति मध्येका एक हुन् सरस्वती खतिवडा

२०५४ मा अछाम जिल्लामा जन्मेकी भलिबलकी खेलाडी सरस्वती खतिवडा हाल नेपाली सेनामा कार्यरत छिन्। सानै उमेरबाट भलिबलमा लगाव राखेकी खतिवडा हाल नेपाल आर्मी क्लबमा आबद्ध रहेकि छिन्। 

“विद्यालय पढ्दा जिल्ला स्तरिय राष्ट्रपती रनिङ शिल्डमा प्रतिनिधित्व गरि भलिबल कोर्टमा प्रवेस गरेकि म हाम्रो टिम च्याम्पियन हुदा बेस्ट प्लेयर बने त्यो नै मेरो भलिबल जीवन अगाडी बढाउने महत्वपुर्ण पाटो बन्यो”

२०७२ मा नेपाली सेनामा जोडिएकि खतिवडा ९ महिनाको तालिम पछि २०७५ बाट आर्मीको भलिबल टिममा परिन्। “आर्मीले ममा क्षमता देखेपश्चात मलाई क्लबमा लियो र म सेनापती कपमा छनोट भए” नेपाल मार्गसॅंगको बिषेश कुराकानीका क्रममा खतिवडाले बताईन्। 

“मेरो परिवार भलिबल मेरो करियर बन्छ भन्ने मेरो भनाईमा कहिले पनि विमत रहेन आज जुन सफलता मेरो साथमा छ त्यस सम्म पुग्न उहाहरुको पुर्ण समर्थन रह्यो” नेपाल मार्गसॅंगको कुराकानीका क्रममा उनले भनिन्। 

भलिबलको भविष्य राम्रो देख्ने खतिबडाका विचारमा सम्बन्धित निकाय जिम्मेवार रहेमा भलिबल राष्ट्रिय खेल पनि रहेकाले यसको भविष्य उज्वल नै छ। 

राष्ट्रिय टिममा पुग्नु लक्ष्य राखेकी सरस्वतीको पुरा जीबन नै भलिबलमा समर्पित रहेको उनी बताउछिन्।

अहिले देखिएको कोरोना महामारीको दोस्रो लहरबाट सबै क्षेत्र प्रभावित रहेकाले यस महामारीको सामना गर्न हरेकले आफ्नो ठाउॅंबाट भुमिका निभाउनु पर्ने उनी बताउछिन्।