एजेन्सी । इंग्लिस प्रिमियर फुटबलमा टोटेहम हस्फोट एष्टन भिल्लासँग पराजित भएको छ । बुधवार राति भएको खेलमा टोटेनहम भिल्लासँग २-१ गोलले स्तब्ध भएको हो ।
खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो । खेलको ८औं मिनेटमा स्टीवन बर्गविजनले गोल गरि घरेलु टोलीलाई १-० गोलको अग्रता दिलाए । तर उकत अग्रता जोगाउन नसक्दा टोटेनह पराजित हुन पुगेको हो । त्यस्तै खेलको २०औं मिनेटमा रेगुइलनले आत्मघाती गोल गरे पछि पाहुना टोलीले खेल बराबरीमा अबस्थामा लयाउन सफल भयो । त्यस्तै खेलको ३९औं मिनेटमा भिललाका वाकिन्सले गोल गरी खेलमा २१ गोलको अग्रता दिलाए । पहिलो हाफमा २-१ गोलको अग्रता बनाएको भिल्लाले उक्त अग्रता दोस्रो हाफको अन्त्यसम्म जोगाउन सफल भयो ।
्
उक्त जित सँगै ३७ खेलमा ५२ अंक बनाउँदै ११औं स्थानमा उक्लिएको छ । यता पराजित टोटेनहमको भने समान खेलबाट ५९ अंकसहित ७औ स्थानमा यथावत् रहेको छ ।