चैत १५, २०७९ बुधबार

काठमाडौं । देशभर थप ३४ जनामा कोरोना क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५३० जनाको पीसीआर र ८०० जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार संक्रमणमुक्त हुनेको संख्या शून्य रहेको छ । हाल १०३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।