चैत १६, २०७९ बिहिबार

काठमाडौँ, १६ चैत (रासस) : ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी बल ९एपिएफ०ले कोशी प्रदेशलाई एक सय ५५ रनको लक्ष्य दिएको छ ।
 
    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा एक विकेट गुमाएर एक सय ५४ रन बनायो । एपिएफकी कप्तान सीता राना मगरले सर्वाधिक ७९ रनको योगदान दिइन् । उनले ६८ बलमा नौ चौका र दुई छक्का प्रहार गरिन् । इन्दु बर्माले ५१ रनको योगदान दिइन् । 

    बलिङतर्फ कोशी प्रदेशकी अलिसा खडियाले एक विकेट लिइन् । यसअघि एपिएफले समूह चरणको खेलमा कोशी प्रदेशलाई सात विकेटले पराजित गरेको थियो । कोशी प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।