जेठ ७, २०७८ शुक्रबार

एजेन्सी । युभेन्टरसका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा युरोकपको लागि साविकको पोर्चुगलको टोली घोषणा भएको छ ।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले केहि  अनुभवी तथा युवा खेलाडीलाई समेट्दै २६ सदस्यीय टोली घोषणा गरेको हो । जसमा रोनाल्डोसँगै पेपे, रुइ प्याट्रिसियो र जोओ मौटिन्होलाई टोलीका अनुभवी खेलाडी हुन भने , युवा खेलाडी जोआओ फेलिक्स, पेड्रो नेटो र डिएगो जोटा जस्ता खेलाडीलाई पनि टोलीको अन्तिम २६ मा अटाएका छन् ।  Open Photo

साविकको विजेता पोर्चुगललाई युरोकप रक्षा गर्नुपर्ने दवाव छ । सन् २०१६ मा फ्रान्सलाई अतिरिक्त समयमा १-० गोलले हराउँदै पोर्चुगलले पहिलो पटक उपाधि जितेको थियो ।  यस बर्षको युरोकपमा पनि पोर्चुगललाई उपाधिको दावेदार टोलीको रुपमा हेरिएको छ ।

त्यस्तै समूह ‘एफ’ मा रहेको पोर्चुगलले समूर चरणको आफ्नो पहिलो खेल १५ जुनमा हंगेरीसँग खेल्नेछ । त्यस्तै दोस्रो १९ जुनमा जर्मनी तथा २३ जुनमा फ्रान्ससँग खेल्ने तालिका छ ।  Open Photo

पोर्चुगलको टोली 

गोलरक्षक - रुई प्याट्रिसियो (वल्भ्स) , एन्थोनी लोपेस (लियोन),  रुइ सिल्भा (ग्रानडा)

डिफेन्डर - जोओ क्यान्सिलो (म्यानचेस्टर सिटी), नेल्सन सेमेडो (वल्भ्स), जोस फोन्टे (लिल), रुवेन डियास (म्यानचेस्टर सिटी), नुनो मेन्डेस (स्पोर्टिङ सिपी) र राफयल गुरेइरो (बोरुसिया डर्टमुन्ड)

मिडफिल्डर - ब्रुनो फर्नान्डेस (म्यानचेस्टर युनाइटेड),डानिलो पेरेइरा (पिएसजी), जोओ पाल्हिन्हा (स्पोर्टिङ सिपी), रुवेन नेभेस (वल्भ्स), जोओ मौटिन्हो (वल्भ्स), रेनाटो सान्चेज (लिल), सर्जियो ओलिभेइरा (पोर्टाे) र विलियम कार्भाल्हो (रियल बेटिस)

फरवार्ड - क्रिस्टियानो रोनाल्डो (युभेन्टस), बर्नाडो सिल्भा (म्यानचेस्टर सिटी), जोआओ फेलिक्स (एथ्लेटिको मड्रिड),डिएगो जोटा (लिभरपुल),आन्द्रे सिल्भा (आइनट्राख्ट फ्रान्कफुर्ट),पेड्रो गोन्कालभेस (स्पोर्टिङ सिपी), गोन्कालो गुइडेस (भ्यालेन्सिया) र राफा सिल्भा (बेन्फिका)