चैत १६, २०७९ बिहिबार

काठमाडौँ, १६ चैत ः दाँतको उपचारका लागि पारोको प्रयोग उल्लेख्यमात्रामा घटेको छ । नेपालमा मर्करीमुक्त ९पारोमुक्त० दन्त चिकित्सा सेवा एवं मर्करीमुक्त स्वास्थ्य सेवा अध्ययनको प्रतिवेदनले दन्त चिकित्सा र अस्पतालमा पारोको प्रयोग घटेको उल्लेख गरेको छ । 
        
    अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आज यहाँ गैरसरकारी संस्था स्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका निर्देशक रामचरित्र साहले दन्त चिकित्समा पारो अमलमको प्रयोग उल्लेखमात्रामा घटेको जानकारी दिनुभयो । उहाँले प्रयोग घट्नु सकारात्मक भए पनि छ दशमलव ३८ प्रतिशत दन्त चिकित्सा स्वास्थ्य संस्थाले अझै पनि पारोको प्रयोग गर्ने गरेको बताउनुभयो । 
        
    उहाँले भन्नुभयो, “९३ दशमलव ६२ प्रतिशतले पारोको प्रयोग गर्ने गरेका छैनन्, जुन निकै सकारात्मक परिणाम हो ।    तर बाँकी छ दशमलव ३८ प्रतिशतले क्यापुलका रुपमा पारोको प्रयोग गर्दै आएको देखियो ।” सात प्रदेशका विभिन्न ४२ आधारभूत स्वास्थ्य संस्था र ४७ दन्त चिकित्सा स्वास्थ्य संस्थामा अध्ययन गरिएको थियो । अध्ययनमा लुम्बिनी प्रदेशको एक निजी दन्त चिकित्सा क्लिनिक, मधेस प्रदेशको एक निजी अस्पताल र गण्डकी प्रदेशको एक दन्त चिकित्सा क्लिनिकमा पारो अमलजम प्रयोग गर्ने गरेको देखिएको हो । 

    कार्यक्रम स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले पारोमुक्त स्वास्थ्य सेवा र दन्त चिकित्सालाई सय प्रतिशत पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “पारोको प्रयोगले वातावरण मात्र हैन जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्छ । स्वास्थ्य क्षेत्रमा यसको प्रयोगमुक्त एक सय प्रतिशतसम्म नपु¥याउन आवश्यक छ ।”
         
    स्वास्थ्य समन्वय महाशाखा प्रमुख यशोधा अर्यालले घरघर र स्वास्थ्य संस्थामा रहेका पारोयुक्त उपकरणको सङ्कलन र व्यवस्थापन गर्न सरोकारवालाको ध्यानार्कषण गराउनुभयो । उहाँले मिनामाता महासन्धिलाई अनुमोदन गर्ने तयारीमा सरोकारवाला निकाय लागिपरेको जानकारीसमेत दिनुभयो ।   
        
    विश्वस्वास्थ्य सङ्गठनका प्रतिनिधि राजाराम पौडेलले पारोसम्बन्धी मन्त्रालयको निर्णय पूर्ण कार्यान्वयनका लागि सचेतना अभिवृद्धि गनुपर्ने सुझाव दिनुभयो । यस्तै ललितपुर महानगरपालिकाका वातावरण इञ्जिनियर प्रदीप अमात्यले महानगरको वडा ६ र १६ मा मूर्ति बनाउन पारोको प्रयोग हुने भन्दै पारोको घरेलु प्रयोगबारे अध्ययन हुनुपर्ने बताउनुभयो । कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी महासङ्घ नेपालका अध्यक्ष मोहन कटुवालले जनस्वास्थ्य र वातावरणलाई असर गर्ने पारोको प्रयोगलाई विस्थापन गर्दै लगेको बताउनुभयो ।                      
    सहभागीले दन्त चिकित्साको पाठ्यक्रममा पारोको प्रयोगसम्बन्धी परिमार्जन गर्न आवश्यक रहेको बताएका थिए । प्रतिवेदनअनुसार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न मेडिकल कलेज र अस्पतालले पाठ्यक्रमअनुसार विद्यार्थीले पारोको प्रयोग गर्दै आएका छन् । दन्त सप्लार्यसले अझै पनि दन्त चिकित्साका लागि पारोको तरल, क्यापसुल र धातु मिश्रको बेचबिखन गर्दै आएका छन् । 
            
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पारोसम्बन्धी निर्णयबारे जानकार नहुने २६ दशमलव दुई प्रतिशत रहेको अध्ययनमा उल्लेख छ । झण्डै ९३ प्रतिशत स्वास्थ्य संस्थाले पारो९मर्करी०मुक्त थर्मोमिटरको प्रयोग गर्ने गरेको छ । कुनै पनि स्वास्थ्य संस्थाले पारोयुक्त स्पोगेमोमानोमिटरको प्रयोग नगर्ने गरेको देखिएको हो ।      
        
    केन्द्रले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै त्रिभुवन विश्वविद्यालय मातहतका मेडिकल कलेज र अस्पतालमा पारो प्रयोगमुक्त बनाउन सुझाव दिएको छ । केन्द्रका निर्देशक  साहले विभिन्न स्वास्थ्य संस्था र विश्वविद्यालयमा भएका पारोयुक्त उपकरणलाई सबै ठाउँबाट सङ्कलन गरी मापदण्डअनुसार व्यवस्थापन गर्न सुझाव दिएको छ ।  

    वन तथा वातावरण मन्त्रालयको सन् २०१९ को अध्ययनअनुसार स्वास्थ्य क्षेत्रबाट मात्रै वार्षिक दुई हजार पाँच सय ९० किलोग्राम मर्करी वातावरणमा निष्काशित हुने गरेको देखाएको थियो । उक्त अध्ययनअनुसार देशभर वार्षिक १९ हजार छ सय १५ किलोग्राम मर्करी वातावरणमा फोहरका रुपमा निष्काशित हुने गरेको थियो । दन्त चिकित्सामा दाँत भर्नका लागि मर्करी अमलगमको अत्यधिक प्रयोग हुने गर्दथ्यो । 

    पारोको प्रयोगले नसा, पाँचन, रोग प्रतिरोधात्मक प्रणाली, फोक्सो, मिर्गौला, छाला र आँखामा गम्भीर असर गर्ने विभिन्न अध्ययनले देखाएको छ । एक दशकअघिसम्म औषधि र स्वास्थ्य उपकरणमा प्रयोग गरिँदै आएको मर्करी पछिल्लो अध्ययनले हानिकारक हुने देखाएपछि यसको प्रयोगलाई निरुत्साहित गरिँदै आइएको छ । 
              
    स्वास्थ्य मन्त्रालयले १० वर्षअघि पारोयुक्त ९मर्करी० उपकरणको आयात बन्द गर्ने निर्णय गरेको थियो । मन्त्रालयले गर्भवती तथा स्तनपान गराइरहेका तथा १५ वर्षमुनिका बालबालिकामा पारो प्रतिबन्ध लगाएको छ । अन्य उमेरको हकमासमेत विकल्प भएसम्म पारोको प्रयोग नगर्न भनिएको छ ।