चैत १६, २०७९ बिहिबार

भैरहवा, १६ चैत: रुपन्देहीको शुद्धोधन गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले घुस रकमसहित पक्राउ गरेको छ । 

आयोगका प्रवक्ता भोला दहालका अनुसार प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी, सोही गाउँपालिका–७ का वडाध्यक्ष भीमबहादुर यादव र विचौलिया विनोद भरलाई रु ५० हजार घुस रकमसहित नियन्त्रणमा लिइएको हो । 

नदीजन्य पदार्थ उत्खनन सम्बन्धमा घुस माग गरेको उजुरीका आधारमा उनीहरूलाई गाउँपालिकाको चमेना गृहबाट घुस रकमसहित आज बिहान साढे ११ बजे पक्राउ गरिएको दहालले बताउनुभयो । यस विषयमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।