फागुन १२, २०७७ बुधबार


काठमाडौं ।  


काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिता फागुन २२ गतेबाट सुरु हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार प्रेस विज्ञप्ति निकाल्दै मेयर कप क्रिकेट फागुन २२ देखि २९ गतेसम्म हुने जनाएको छ ।टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहने छन् ।
प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा पुगेका त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशको सहभागिता रहेको छ ।
एक टिम भने  प्रदेश १, प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी समेटिएको काठमाडौं महानगरपालिका नामको टिम रहनेछ ।प्रतियोगिता आयोजनाको लागि क्यानले यस अघि नै काठमाडौं महानगरपालिकासँग सम्झौता गरेको थियो ।