पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका वडा नं १ यासोक बजारमा एक होटेलमा ग्यास लिक भएर आज बिहान आगलागी भएको छ ।
इलाका प्रहरी कार्यालय यासोकका अनुसार स्थानीय प्रकाश काफ्लेको नमस्ते होटेल तथा लजमा आगलागी भएको हो । बिहान ७ बजेतिर ग्यास लिक भएर लागेको आगो स्थानीय र प्रहरीको पहलमा नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट लजका कपडा, र फर्निचर जलेर नष्ट भएका छन्, के कति क्षति भयो ? यकिन विवरण आइनसकको प्रहरीले जनाएको छ ।