फागुन १२, २०७७ बुधबार

धनगढी

चटकपुर स्पोर्ट्स क्लवको आयोजनामा यहि फाल्गुन १० गतेदेखि धनगढीको फाप्ला क्रीकेट मैदानमा सञ्चालनमा रहेको चटकपुर स्पोर्ट्स क्लव-स्टेपिङ स्टोन-होलिल्याण्ड स्कुल सम्मीलित त्रीकोणात्मक टी-२० सिरिजको फाइनल खेलमा अत्तरियाको होलिल्याण्ड स्कुलले टस जित्दै पहिला फिल्डिङ गर्ने निर्णय गर्दै चटकपुर स्पोर्ट्स क्लवलाइ पहिला ब्याटिङको निम्तो दिएको हो।फलस्वरूप, चटकपुर स्पोर्ट्स क्लवले निर्धारित २० ओभरमा ८ विकेटको क्षति १५० रन जोड्न सफल भएको हो।

ब्याटिङतर्फ चटकपुर स्पोर्ट्स क्लवका लागि दिनेश ओडले २९ बलमा सर्वाधिक ४४ रन बनाउदा सागर भण्डारीले ३६ बलमा अविजित ३५ रन बनाउन सफल भए।त्यस्तै,लक्की कडायतले १५ बल खेल्दा आकाश चन्दले १५ बल नै खेल्दा समान १३/१३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।बलिङतर्फ होलिल्याण्ड स्कुलका लागि कप्तान श्याम साउँदले ४ ओभरमा १३ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल भए।
 १५१ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको होलिल्याण्ड स्कुलले निर्धारित २० ओभरमा ७ विकेटको क्षति मात्र १३६ रन जोड्न सक्दा फाइनल खेल १४ रनले गुमाउन पुग्यो।ब्याटिङतर्फ होलिल्याण्ड स्कुलका लागि दिपक टमटाले ३० बलमा सर्वाधिक ३७ रन बनाउदा मनोज ओझा २५ बलमा १८ रन तथा सुशील साउँदले १९ बलमा १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

 

बलिङतर्फ चटकपुर स्पोर्ट्स क्लवका लागि अभिषेक मल्ल २ ओभरमा १५ रन,धर्मराज जोशी ४ ओभरमा २५ रन तथा अभिनाश सिंहले ४ ओभरमा ३३ रन खर्चंदै समान २/२ विकेट लिन सफल हुँदै आफ्नो टोलिलाइ त्रीकोणात्मक टी-२० सिरिजको उपाधी दिलाउन सफल भए।चटकपुर स्पोर्ट्स क्लव-स्टेपिङ स्टोन-होलिल्याण्ड स्कुल सम्मीलित त्रीकोणात्मक टी-२० सिरिजको फाइनल खेल चटकपुर स्पोर्ट्स क्लवले १४ रनले जित्दै टी-२० सिरिजको उपाधी समेत जित्न सफल भएको छ।उक्त खेलको म्यान अफ दी म्याच चटकपुर स्पोर्ट्स क्लवका दिनेश ओड घोषित हुन सफल हुँदै दिनेश ओड नै सिरिजको उत्कृष्ट खेलाडी पनि घोषित हुन सफल भएका छन्।
    आगामी फाल्गुन १५ गतेदेखि धनगढीको संघीय इकाई प्रहरी सेतीको खेलमैदानमा आयोजना हुन गइरहेको लिटिल फ्लावर प्रीमियर लिग-५ मा सहभागी स्टेपिङ स्टोन र होलिल्याण्ड स्कुलको तयारीका लागि उक्त सिरिज आयोजना गरिएको सिरिज व्यवस्थापक जगदीश जोशी ज्यूले बताउनुभयो।