फागुन १३, २०७७ बिहिबार

एजेन्सी। 

 च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा गए राती सम्पन्न खेलमा रियल म्याड्रिडले एटलान्टामाथि जित हासिल गरेको छ ।एटलान्टाको घरेलु मैदानमा भएको खेलमा रियलले १-० को जित हासिल गरेको हो। 

उसका लागि खेलको ८६ औं मिनेटमा फर्लान्ड मेन्डीले गरेको गोल नै निर्णायक रहन पुग्यो।१० खेलाडीमा सिमित एटलान्टा खेल अवधिभर दवावमा रहेको थियो ।

घरेलु मैदानमा अन्तिम समयमा गोल खाएपछि अब एटलान्टालाई अर्को चरणमा पुग्न कठिन चुनौतीको सामना गर्नुपर्ने हुन्छ । रियलले अब दोस्रो लेगमा बराबर खेलेपनि क्वाटरफाइनलको यात्रा तय गर्नेछ ।