एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबल बार्यन म्युनिखले सहज जित सँगै सिजन अन्त्य गरेको छ ।
यस सिजको अन्तिम खेलमा अग्स्बर्गमाथि ५-२ गोलको फराकिलो जित निकाल्दै बार्यले सिजन अन्त्य गरेको हो । घरेलु टोली बार्यनलाई जित दिलाउन रोबर्टो लेवान्डोस्की, सेर्जी जिनाब्री, जोसुवा किमिच र किग्सले कोम्यानले १/१ गोल गरे ।
बायर्नले एक गोल आत्मघाती उपहार पाएको थियो । यता पाहुना टोली अग्स्बर्गका लागिजेफ्रीले आत्मघाती गोल गर्दा आन्द्रे हान र फ्लोरिनले १/१ गोल फर्काए ।
यस अघि नै लिग च्याम्पियन बनेको बार्यनले लगातार ९औं पटक बुन्डेसलिगाको उपाधि उचालेको हो ।
उसले ३४ खेलमा ७८ अंक बनाएको छ । जसमा कूल ९९ गोल गर्दै ४४ गोल खाएको छ । भने २४ खेलमा जित , ६ खेलमा बराबरी र ४ खेलमा हार व्यहोर्नुपरेको थियो । यस्तै दोस्रो स्थानमा लाइपजिग ३४ खेलबाट ६५ अंक र तेस्रो स्थानको बोरुसिया डर्टमुण्डको समान खेलबाट ६४ अंक बनाउदै सिजन अन्त्य गरेको छ ।
यस्तै यता बार्यनका रोबर्टो लेवान्डोस्कीले यस सिजनमा २९ खेलबाट ४१ गोल गरेका छन् । जुन जारी सिजन युरोपका शीर्ष पाँच लिगमा कुनै खेलाडीले गरेको सबैभन्दा धेरै गोल हो ।