एजेन्सी । यस सिजन २०२०/२१ को स्पेनिस ला लिगा फुटबलको उपाधि एथ्लेटिको मड्रिडले जितेको छ ।
शनिबार राति भएको खेलमा घरेलु टोली भालाटोलिटलाई शीर्ष स्थानको एथ्लेटिको मड्रिडले २-१ गोल अन्तरले हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको हो ।
पाहुना टोली एथ्लेटिको जितमा कोरिय र लुइज स्वारेजले समान १/१ गोल गरे । यता घरेलु टोलीको लागि वस्कार प्यनलनोले एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने घरेलु टोलि भालाडोलिटले बनाएको थिपो । जारी खेलको १८औं मिनेट घरेलु टोलीले गोल गरि पहिलो हाफ भरि १-० गोलको अग्रता बनाएको थियो । तर उक्त अग्रता दोस्रो हाफमा भने टिकाउन सकेन ।
पहिलो हाफमा १-० गोलले पछि परेको मड्रिडले दोस्रो हाफमा सानदार पुनरागमन गर्देै जित निकालेको हो ।
उक्त जित सँगै एथ्लेटिकोले कूल ३८ खेलबाट ८६ अंक बनाउँदै ला लिगा च्याम्पियन बनेको हो । उसले ३८ खेलमा २६ जित, ८ बराबरी र ४ खेलमा पराजित भएको थियो । जसमा ६७ गोल गर्दा २५ गोल खाएको छ । त्यस्तै यता रियल मड्रिड दोस्रो स्थानमा रहदै सिजन अन्त्य गरेको छ ।