जेठ ८, २०७८ आइतबार

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविको विजेता रियल मड्रिडले उपाधि रक्षा गर्न सकेन । 

शनिबार राति रियलको घरेलु मैदानमा भएको सिजन २०२०/२१ को अन्तिम खेलमा भिल्लारियलमाथि २-१ गोलको पुनरागम जित निकालेको हो ।

घरेलु टोली रियलको जितमा करिम बेन्जेमा र लुका मोड्रिचले समान १/१ गोल गरे । यता भिल्लाको लागि येरेमी पिनोले एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने पाहुना टोली भिल्लाले बनाएको थियो । उसका लागि येरेमी पिनोले खेलको २० औं मिनेटमा गोल गरेका थिए । उनले जेरार्ड मोरेनोको चिप पासलाई पेनाल्टी क्षेत्रभित्र दोस्रो प्रयासमा नियन्त्रणमा लिँदै गोल गरे । पहिलो हाफमा १-० गोलले पछि परेको रियलले दोस्रो हाफमा पुनरागमन जित निकालेको हो ।

घरेलु टोली रियलको लागि खेलको ८७औं  मिनेटमा बेन्जेमाले गोल गरि खेल बराबरी अबस्थामा फर्काएका थिए । त्यस्तै खेलको अतिरिक्त समयमा रियलका लागि मोड्रिचले गोल गरि २-१ गोलको जित पक्का गरे । उक्त जित्ले रियललाई यस सिजनको ला लिगा च्याम्पियन बन्न प्रयाप्त भने भएन ।

रियलले कूल ३८ खेलबाट ८४ अंक बनायो । यता लिग च्याम्पियन एथ्लेटिको भन्दा २ अंकले पछि पर्दै रियल दोस्रो स्थानमा रहेको हो । त्यस्तै तेस्रो स्थानको बार्सिलोनाले समान ३८ खेलबाट ७९ अंक बनाउँदा यस सिजन अन्त्य गरेको छ ।