जेठ ९, २०७८ आइतबार

नेपाल पत्रकार महासङ्घ धनुषाका पूर्व सभापति माधव आचार्यको ८० वर्षको उमेरमा शनिबार निधन भएको छ । लामो समयदेखि क्यान्सरले पीडित रहेका आचार्यको काठमाडौं स्थित निवासमा निधन भएको हो । धनुषामा रहेर पाँच दशक लामो समयसम्म पत्रकारिता गरेका आचार्य जिल्लाबाट निरन्तर रुपमा प्रकाशित हुँदै आएको जनआकाङ्क्षा साप्ताहिकका सम्पादक एवं प्रकाशक थिए ।

नेपालमा भएको प्रजातान्त्रिक आन्दोलनमा प्रजातन्त्रको पक्षमा कमल चलाए बापत कैयन पटक जेलनेल भोग्नुभएका आचार्यलाई पछिल्लो समय क्यान्सरले च्यापेपछि देश तथा विदेशमा पनि उपचार गराए पनि निको नभएपछि चिकित्सकको परामर्शमा घरमा नै औषधि सेवन गर्दै उपचार गराई रहेका थियो ।
महासङ्घ धनुषाका पूर्व सभापति आचार्यको निधन प्रति नेपाल पत्रकार महासङ्घ प्रादेशिक समितिका अध्यक्ष राजेश कर्ण तथा जिल्ला अध्यक्ष मनिका झाले श्रद्धाञ्जली अर्पण गर्दै अभिभावक गुमाएको जनाएका छन् । स्वर्गीय आचार्यका श्रीमती र ३ छोराहरू रहेका छन् ।