धनगढी।
लिटिल फ्लावर स्पोर्ट्स एण्ड इभेन्टसको आयोजना तथा चण्डिका ग्रुपको मुख्य प्रायोजनमा यहि फाल्गुन १५ गतेदेखि २९ गतेसम्म धनगढीको मुटुमा रहेको संघीय इकाई प्रहरी सेती(अञ्चल प्रहरी )कार्यालयको खेलमैदानमा हुन गइरहेको पाँचौं संस्करणको चण्डिका ग्रुप लिटिल फ्लावर प्रीमियर लिगको हिजो एक पत्रकार सम्मेलन गरेर सम्पुर्ण टिमका कप्तान तथा प्राविधिकहरुको रहोबरमा खेलतालिका सार्वजनिक गरिएको आयोजक संस्थाका अध्यक्ष रामचन्द्र शाही ज्यूले बताउनुभयो।
प्रतियोगितामा देशैभरिका १६ विद्यालय सहभागी रहेका छन।प्रतियोगिताको विजेता टिमले नगद एक लाखसहित ट्रफी प्रमाणपत्र पाउँदा उपविजेता टिमले नगद पचास हजार साथै ट्रफी प्रमाणपत्र हात पार्ने कुरा पनि अध्यक्ष शाही ज्यूले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो।