जेठ ९, २०७८ आइतबार

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबल च्याम्पियन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले बुन्डेसलिगामा एकै सिजन ४१ गोल गरेर नयाँ किर्तिमान बनाएका छन् । सन् १९७१/७२ मा गर्ड मुलरले ४० गोल गर्दै एकै सिजन सर्वाधिक गोल गर्ने किर्तिमान बनाएका थिए, उक्त गोललाई गत साता लेवान्डोस्कीले बराबरी गरे ।  Bayern Munich′s Robert Lewandowski breaks all-time Bundesliga scoring  record | Sports| German football and major international sports news | DW |  22.05.2021

त्यस्तै शनिबार राति अग्स्बर्गको खेलमा गोल गर्दै लेवान्डोस्कीले आफ्नो गोलसंख्या ४१ पुरा गरेका हुन् । यस सिजनको अन्तिम खेलमा बार्यन म्युनिख ४–२ गालले अघि रहेको अवस्थामा ९० औं मिनेटमा लेवान्डोस्कीले गोल गदै बायर्नलाई फराकिलो जित निकालेको हो । यस खेलअघि नै बार्यनले बुन्डेसलिगा उपाधि भने जितिसकेको थियौ । बार्यनले लगातार नवौं पटक उपाधि जितेको हो । 

अन्तिम खेलमा उक्त जित सँगै लिगमा ३४ खेलबाट बार्यनको ७८ अंक पुगेको छ । जुन दोस्रो स्थानको आरबी लेइपजिगभन्दा १३ अंकले अघि हो । पोल्यान्डका लेवान्डोस्कीले जारी सिजनमा सबैखाले प्रतियोगिता गरेर बार्यनका लागि कुल ४८ गोल गरेका छन् । 

त्यस्तै रोबर्ट लेवान्डोस्की सर्वाधिक गोलकर्ता बनेका छन् । च्याम्पियन टोलीका बायर्नका फरवार्ड लेवान्डोस्की यस सिजन ४१ गोल गर्दै बुन्डेसलिगाका सर्वाधिक गोलकर्ता चुनिएका हुन् ।